पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा प्राथमिक पुँजीकोष (टायरवान) मिलाउन एनआईसी एसिया बैंकले वासेल रिपोर्टमा गम्भीर छेडखानी गरेको छ। जोखिमभार कम भएको आवासीय कर्जाको रकम बढी देखाएर एनआईसी एसियाले राष्ट्र बैंकको आँखामा छारो हालेको छ।